नवलपरासी । बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज प्रालिको नवलपरासीस्थित प्लान्टमा दुई मेगावाटको सोलार प्लान्टको उद्घाटन भएको छ ।
शुक्रबार संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक समारोहबीच उक्त सोलार प्लान्टको उद्घाटन गरेका हुन् । सो समारोहमा वरुण वेभरेजका केन्द्रीय प्रतिनिधिलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सोलार प्लान्ट ११ करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको वरुण वेभरेज नवलपरासी प्लान्टका प्रमुख वी चन्द्रशेखरले बताए । साथै यसबाट वरुण वेभरेजले नवलपरासीमा कुल विद्युत खपतको १५-२० प्रतिशत विद्युतका लागि योगदान दिने उनले बताए ।

साथै कार्बन उत्सर्जनलाई निरुत्साहित गर्दै हरित वातावरण निर्माणका लागि समेत भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
‘२ मेगावाट सोलार प्लान्टको सञ्चालनबीच वरुण वेभरेजमा कुल विद्युत् खपतमा १५ देखि २० प्रतिशत विद्युत् यसले दिनेछ । साथै कार्बन उत्सर्जनलाई समेत निरुत्साहित गर्दै हरित वातावरणका लागिसमेत योगदान गर्दछ,’ उनले भने

सो अवसरमा मन्त्री भण्डारीले वरुण वेभरेजको नवलपरासीमा रहेका फ्याक्ट्रीसमेत अवलोकन गरेका थिए । सोपश्चात् मन्त्री भण्डारीले उत्पादनमा गुणस्तर रहेको बताएका थिए । साथै आगामी दिनमा राज्यको तर्फबाट सहयोग हुने विश्वाससमेत व्यक्त गरे ।

सन् २०१८ मार्चबाट वरुण वेभरेजले नवलपरासीमा नयाँ प्लान्टमार्फत् पेय पदार्थहरु उत्पादन गर्दै आइरहेको छ ।
काठमाडौंपछि दोस्रो खुलेको नवलपरासी प्लान्टबाट उत्पादित पेप्सी, ड्यू लगायतका पेय पदार्थहरुले नेपालको तराई क्षेत्रको बजारको मागलाई धानिरहेको छ । साथै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौँलाई रोजगारी समेत दिइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया