नवलपरासी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केही विशेष परियोजनाहरूको उद्घाटन गरेका छन् ।
उद्योग मन्त्री भण्डारीले आज शुक्रबार नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रालिमा २ मेगावाट क्षमताको सोलार प्लान्टसमेत उद्घाटन गरेका छन् ।

सो सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै मन्त्री भण्डारीले स्वच्छ र नविकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेको बताए । यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो एक महत्वपूर्ण कोसेढुंगा सावित हुने बताए ।
मन्त्री भण्डारीले आजै सम्बृद्धि स्टिल प्याक्ट्रीको समेत अवलोकन गरेका छन् । उनले उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जनासम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल प्याक्ट्रीको अवलोकन गर्दै औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफलसमेत गरेका छन् ।

छलफलकामा क्रममा मन्त्री भण्डारीले उद्योग सम्बन्धी नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योगमैत्री नीति बनाउने बताउँदै उनले आगामी वजेट उद्योगीको हकहितमा विननियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी उनले लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ प्लान्टको समेत अवलोकन गरेका छन् । उनले स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया