काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका छन् । उनले सार्वभौम संसद्ले पन सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको पनि बताएका छन् । प्रतिनिधि सभाको आज शुक्रबारको बैठकमा बोल्दै अर्यालले सो टिप्पणी गरेका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साध्यो, सार्वभौम संसद्ले पन सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ,’ उनले भने ।
उनले भने, ‘एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य यो सरकारले पक्कै पनि चुकाउनुपर्नेछ ।’
उनले लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरे । ‘थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न सम्माननीय सभामुख महोदयसँग माग गर्दछु,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया