अस्वस्थ खानपान र प्रदूषणका कारण मिर्गौला रोगीको संख्या बढ्यो : अर्थमन्त्री पौडेल

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ । शुक्रबार एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डायलासिस सेवाको शुभारम्भ गरेका हुन् ।

डायलासिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदूषण लगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरूको संख्या बढिरहेको बताए । उनले मिर्गौला रोगीहरूको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको बताए ।

मिर्गौला रोगीहरू बढिरहेको अवस्थामा यस अवस्थालाई मध्यनजर गरेर नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गर्नु सुखद् रहेको उनको भनाइ छ  ।

उनले सरकारले गरिरहेका प्रयासहरूमा निजी क्षेत्रबाट पनि मद्दत गर्ने पहल सकारात्मक भएको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?