काठमाडौं । कैलालीको गोदावरीमा आमा-छोरी मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–११ गोठानमा आमा-छोरी बिहीबार साँझ मृत अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेकी छन् । उनीहरु दुवै जना घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका र घटनाका बेला उनकी सासू आमा पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया