प्रचण्डलाई रघुजी पन्तको जवाफ : ‘संसद् कुण्ठा पोख्ने ठाउँ होइन’

लोकपथ
322
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद् कुण्ठा पोख्ने ठाउँ नभएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदमा कुण्ठा पोखेको भन्दै संसद् कुण्ठा पोख्ने ठाउँ नभएको बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्ष दलका नेताले अध्यादेशमाथि धेरै आक्रमण गरेको भन्दै कुन अध्यादेशको दफाले नागरिकको अधिकार खोसिन्छ ? भन्दै प्रश्न गरे ।

उनले ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रस्ताव अगाडि सारिएको तर ती संशोधन गरिएका दफाहरूमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ भनेर भन्न नसकेको बताए । 

सांसद पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरू र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरूको बीचमा भएको र्‍याङठ्याङ रोचक रहेको टिप्पणी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?