काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू भन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नुपरेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले कांग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष दाहाल रहेको बताएका हुन् ।
उनले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर दाहालले आफ्ना भनाइ राखेको बताए । उनले अध्यक्ष दाहालले मन्त्रीपरिषद्बाटै पारित भएको कार्यविधि लत्याएर तीन करोड भन्दा तल कुनै पनि संघीय आयोजना नराख्ने मन्त्रीपरिषद्को निर्णय उल्ट्याएको बताए ।
उनले वर्तमान सरकारले सोही बजेटमाथि काम गरेर अघि बढ्नुपर्ने अवस्था भएकाले आर्थिक अवस्था दुरुस्त गर्न समस्या आइरहेको उनको भनाइ छ । राजनैतिक परिवर्तनको सम्पूर्ण श्रेय अध्यक्ष दाहालले लिएको र अध्यक्ष दाहालले एक दलीय व्यवस्था चाहेको बताए । एक दलीय व्यवस्था स्थापित गर्ने मनशायले अध्यक्ष दाहालले युद्ध लडेको उनको भनाइ छ । सांसद महतले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा आएको कुरा नभुल्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया