‘नेपाललाई आइटी हब बनाउन आवश्यक नीति,कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार छ’

लोकपथ
21
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति,कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३०औँ संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । 

उनले नेपाललाई आइटी हबको रूपमा विकास गर्न आवश्यक नीति,कानुन र पूर्वाधार निर्माणका लागि सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए  । सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आइटी हबको रूपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिए । 

आइटी क्षेत्रबाट यो वर्ष गत वर्षको भन्दा धेरै राजश्व संकलन हुने विश्वास रहेको उनले उल्लेख गरे । उनले सरकारले ल्याएको अध्यादेश प्रभावले राजश्व बढाउन सक्ने उल्लेख गरे। उनले नेपालमा पर्यटन भन्दा आइटी क्षेत्रको योगदान बढी हुने अवस्था रहेको बताए । पर्यटनको कथा धेरै वर्ष भए पनि सन्तोषजनक प्रगति गर्न सकेको भन्दै पर्यटनमा पूर्वाधारको धेरै अभाव देखिएको बताए । उनले पर्यटन विकासको लागि बनाएको दुई वटा विमानस्थल चलाउन नसकेको स्वीकार गरे । 

उनले सरकारले नेपालको आफ्नै स्याटलाइट बनाउने योजना बनाइरहेको बताए । उनले अध्ययन गर्ने र आवश्यक पूर्वाधार विकास गरी काम गर्ने वातावरण मुलुकभित्रै बनाए वैज्ञानिक खोज्न नासामा जानुपर्ने अवस्था नहुने उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?