काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारले संविधान संशोधनको विषय सत्तापक्ष चुपचाप रहेको भन्दै प्रश्न गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको तर्फबाट आफ्नो धारणा राख्दै प्रचण्डले पहिले संशोधनको कुरा धेरै चल्ने गरेको तर अहिले रोकिएको भन्दै प्रश्न उठाए ।
‘पहिले त संविधान संशोधनको गाना बजाना सुनिन्थ्यो । के के संशोधन हुने हो ? कसरी संशोधन हुने हो ? कहाँ संशोधन हुने हो, पूरा व्याख्या विश्लेषण हुँदै थियो । तर अहिले लोडसेडिङ लाग्या हो कि संविधान संशोधनमा ? के भएर हो अहिले यो संविधान संशोधनको फिल्म धेरै चल्या छैन,’ प्रचण्डले भने ।
त्यस्तै उनले यसअघि प्रधानमन्त्रीले संविधान संशोधन ०८७ मा मात्रै हुने भन्ने गरेको विषयमा टिप्पणी गरे । उनले मुख्य सत्ता साझेदार दल नेपाली कांग्रेसलाई आफू त्यस विषयमा बोल्ने कि नबोल्ने भन्दै प्रश्न गरे ।
आजको बैठकमा बोल्दै उनले सरकारमाथि कटाक्ष गरेका छन् । साथै उनले सरकारले रास्वपा सभापतिमाथि सहकारी ठगी प्रकरणमा प्रतिशोध साँधेको भन्दै कटाक्ष गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया