थुनछेक बहसका लागि रविलाई प्रहरीले पुर्‍यायो चितवन जिल्ला अदालत

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि चितवन जिल्ला अदालत पुगेका छन् ।

चितवनको साहारा सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछाने बुधबार जिल्ला अदालत पुगेका थिए ।

हिजो जिल्ला अदालतले लामिछानेलाई न्यायीक हिरासतमा राख्न आदेश दिएको थियो । सो अनुसार प्रहरीले लामिछानेलाई आज अदालत उपस्थित गराएको हो ।

आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् ।

बुधबार सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी, बुद्ध बहादुर थापा र जाहेरवाला बचतकर्ताहरुको तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस भएको थियो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । यस्तै, ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता भएको थियो ।

त्यसो त सहकारी ठगी प्रकरणमा यसअघि नै लामिछाने ३ वटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतबाट ६५ लाख, काठमाडौं जिल्ला अदालतबाट ६० लाख र रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?