बहस नसकिएपछि रविलाई हिरासत पठाइयाे

लोकपथ
259
Shares

चितवन । रास्वपा सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले प्रहरी हिरासतमा राख्ने आदेश दिएको छ । आज थुनछेक बहस नसकिएपछि अदालतले लामिछानेलाई हिरासतमा राख्न आदेश दिएको हो ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो ।

चितवन प्रहरीलाई अदालतले लेखेको पत्रमा ‘प्रतिवादी रवि लामिछानेको बयान कार्य सम्पन्न भई समय अभावका कारण थुनछेक कार्य नभ्याइएको हुँदा प्रतिवादीलाई फिर्ता पठाइदिनू’ भन्ने अदालतको आदेशानुसार भोलि दिनको १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाई पठाइएको उल्लेख छ ।

साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मा भएको ठगी प्रकरणमा रविसहित १५ जनाविरुद्ध मङ्गलवार दायर मुद्दामा आजदेखि बहस सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?