रवि लामिछानेको मुद्दामा थुनछेक बहस जारी

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् ।

थुनछेक बहसमा सहभागी हुन वकालतनामा दर्ता गराउनेहरूमा सात जना सरकारका तर्फबाट र ६ जना प्रतिवादी तर्फका रहेका छन् । 

जिल्ला सरकारी वकिलको तर्फबाट आजै सरुवा भएर आएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, उपन्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी रहेका छन् ।

त्यसैगरी सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र अधिवक्ताहरू रमेश काफ्ले, शम्भु बर्तौला र सुनिता अधिकारीले जिल्ला अदालत चितवनमा वकालतनामा दर्ता गराएका छन् ।

त्यस्तै, लामिछानेका तर्फबाट बहसको लागि एक जना वरिष्ठ अधिवक्ता सहित ६ जनाले वकालतनामा लिएका छन् । जसमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरू डा। नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले रहेका छन् । 

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा सरकारी वकिल कार्यालयले मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । अदालतमा मुद्दा दर्ता भएसँगै लामिछाने चितवन पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?