काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २२०० रुपैयाँले बढेको हो ।
अघिल्लो दिन १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २२०० सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया