काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका छन् ।
दिउँसो ३ बजे सिंहदरबारमा सभामुखले सरकारले ल्याएका अध्यादेशलगायतका विषयमा प्रमुख दलका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन्।
सिंहदरबारमा हुने छलफलमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डाबारे पनि छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया