काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सवा १२ बजे नेपालले आज शृङ्खलाको पाँचौं खेल नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघिका चारवटै खेलमा पराजित नेपाल उपाधि होडबाट बाहिरिइसकेको छ ।
नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् । यसपछि नेपालले अन्तिम खेल माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया