भारतीय लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, दुई कारोबारी पक्राउ 

लोकपथ
161
Shares

काठमाडौं ।  कनकाई नगरपालिका-४ स्थित भित्री सडक खण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । 

गए राति भारतको बिहार राज्यको डिगल बैंक थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय यूसुब आलामलाई गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए  । 

उनीहरुले वीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकलमा लागुऔषध ओसारपसार गरिरहेका थिए । प्रहरीले रोकेर जाँज गर्ने क्रममा दुवै जना भाग्न खोज्दा उनीहरुमाथि गोली चलाउनु परेको उनले बताए ।

प्रहरीले चार राउण्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो । यस क्रममा मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । उनीहरूको साथमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ६३ मिलिग्राम फेला परेको सूचना अधिकारी चन्दले बताए । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?