एकैदिन तोलामा १९ सयले बढ्यो सुनको मूल्य

लोकपथ
133
Shares

काठमाडौं । तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य तेस्रो कारोबार दिन तोलामा १ हजार ९ सयले वृद्धि भएको छ ।

सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ६२ हजार ८ सय रहेको थियो । आज सुनको मूल्य तोलामा १ हजार ९ सयले वृद्धि भइ १ लाख ६४ हजार ७ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । हिजो चाँदीको मूल्य १ हजार ८ सय ९५ रहेको थियो । आज मूल्य वृद्धि भइ १ हजार ९ सय ३० कायम भइ कारोबार भइरहेको महासघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?