स्याङ्जामा स्कर्पियो दुर्घटना, ५ जना घाइते

लोकपथ
175
Shares

काठमाडौं । स्याङ्जामा स्कर्पियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

मंगलबार बिहान ८ बजेको समयमा वालिङ नगरपालिका–१४ तमादीस्थित वालिङ–पर्वत कच्ची सडकखण्डमा वालिङबाट सिरवानी जाँदै गरेको स्कर्पियो दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी हरि प्रसाद पौडेलका अनुसार ग १ च. ८९१३ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो । ८ जना सवार रहेको उक्त स्कर्पियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् भने अन्य ३ जनाको सकुशल उद्धार गरिएको छ ।

घइतेहरुमा स्याङ्जा वालिङ–१४ सिरबानीका उमापति डुम्रे, सोही स्थानका भीम प्रसाद डुम्रे तथा कोषकान्त डुम्रे रहेका छन् ।

त्यस्तै पर्वत पैयुँ गाउँपालिका–६ हुवासकी कुमाकला तिवारी र उनको ११ वर्षीय छोरा कमल तिवारी रहेका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य उपचार केन्द्र वालिङमा उपचार गरिएको डीएसपी पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?