स्रोत साधनको अभावमा सोचे अनुसार काम गर्न सकिएन : मन्त्री पौडेल

लोकपथ
35
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्रोत साधनको अभावमा सोचेजस्तो काम गर्न नसकिएको गुनासो गरेका छन् ।

मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले काम गर्ने चाहना भएपनि आवश्यक स्रोत तथा साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्युनिकरण गर्न सकिने उल्लेख गरे ।

त्यस्तै पाठेघरको क्यान्सरलाई न्युनिकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताए ।

उनले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको बताए । उनले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्युनिकरण गर्दै लैजानुपर्ने बताउँदै क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेकोमा जोड दिए ।

मन्त्री पौडेलले भने, ‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै कामहरु गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ । निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ । आज पाठेघरको क्यान्सरबाट मेरो आमाहरु, मेरो दिदिहरु, मेरो समकक्षी साथीहरु थुप्रैको मृत्यु भएको छ । दिनमा ४ जनाको मृत्यु हुने तथ्यांक हामीसँग उपलब्ध छ । यो भनेको भयावह हो । यसलाई न्युनिकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्‍याउन सबैलै पहल गर्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?