हर्क साम्पाङलाई जानकारी नै नदिई मन्त्रीले रातारात सडक पिच गराएपछि…

लोकपथ
2.4k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडकमा कालोपत्रे गरेको भन्दै छानबिनका लागि अख्तियार गुहारेका छन् ।

मेयर साम्पाङले कोशी प्रदेशमा भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले धरान उपमहानगर–१५ र ४ वडा बीचमा पर्ने काठेपुलमा गएराती कालोपत्रे गरेको आरोप लगाएका छन् ।

मन्त्रीले बिहान ३ बजेसम्म लगाएर काम गरेको भन्दै मेयर साम्पाङले अख्तियार गुहारेका हुन् ।

‘आधारातमा पिच गर्नुपर्ने नगरी नहुने ताहुती के पर्यो र काम गर्दा धरान उपमहानगरपालिकालाई कुनै जानकारी नै नदिई काम गर्नुपर्ने बाध्यता के आइपर्यो सो लेखिबुझि उताको उत्तर जानकारी गराइदिन अनुरोध छ,’ मेयर साम्पाङको पत्रमा भनिएको छ ।

त्यति मात्र होइन रातिको समयमा कालोपत्रे गर्दा लाइट नपुग्ने भएकोले काम गुणस्तरीय नहुने भन्दै सो विषयमा समेत छानबिन गर्न माग गरेका छन् । साथै धरान उपमहानगर क्षेत्रमा रातिको समयमा काम गर्न नपाइने भन्दै रातिको समयमा कमसल काम गरेको भन्दै कारबाहीको माग समेत उनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?