काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले नयाँ राजनीतिक शक्तिहरु गुज्रिनुपरेका विभिन्न चरणबारे चर्चा गरेका छन् ।
आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिले बैठकमा दलीय आधारमा बोल्ने क्रममा वाग्लेले सो कुरा सुनाएका हुन् ।
नयाँ शक्तिका रुपमा उदाएको रास्वपाले विभिन्न चरणहरु पार गर्दै आएको उनले बताए । विश्व राजनीतिक इतिहासमै रास्वपा जस्ता नयाँ शक्तिहरुले विभिन्न चरणमा गुज्रिरहेको बताउँदै आफूहरु सबै चरण पार गरेर दिग्विजयको चयरणमा रहेको समेत दाबी गरे ।
संसद्मा सम्बोधन गर्दै उनले सुनाए :
‘भनिँदो रहेछ विश्व इतिहासकै एउटा नयाँ प्याट्रन्ड के रहेछ भने यस्ता नयाँ शक्तिहरु उदाउँदा ४ चरणबाट गुज्रिँदा रहेछन् । पहिलो चरण यसलाई बेवास्ता गरिदिने, इग्नोर गरिदिने, दोस्रो चरण खिसिटिउरी गर्ने, रिडिक्यूल गर्ने । तेस्रो चरणमा अट्याक गर्ने, आक्रमण गर्ने, भीषण आक्रमण गर्ने । अहिले हामी त्यो तेस्रो चरणबाट गुज्रिरहेको महसुस भइरहेको छ । तर चौथो चरण चाँडै नै आउँछ त्यो भनेको अस्तित्वको स्वीकार्यता, प्रवेश, विस्तार र दिग्विजय । भिक्ट्रीको चरणमा हामी जाँदैछौँ । हामी तेस्रो चरणबाट चौथो चरणमा जानेमा चाँही हामी पूर्ण आत्मविश्वासका साथ अघि बढिरहेका छौँ ।’
त्यस्तै उनले आफ्ना पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको समेत टिप्पणी गरे । न्यायपालिकाबाट न्याय पाउनेमा आफूहरु विश्वस्त रहेको बताउँदै राज्यले व्यक्तिमाथि निरन्तर लागेको आरोप लगाए । त्यति मात्र नभइ उनले ढिलै भए पनि संसद् बैठक आह्वान गरिएकोप्रति खुसी समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया