पार्टी टुक्र्याउने र भत्काउने जस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा छैन : प्रधानमन्त्री ओली

लोकपथ
63
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुराहरू यो सरकारको मेन्युमा नरहेको स्पष्ट पारेका छन्  ।

संघीय संसद्, प्रतिनिधिसभाको पाँचौ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ढुक्क हुन आग्रह गर्दै कांग्रेस एमालेसहितको यति बलियो सरकारको प्राथमिकता त्यस्तो हुन नसक्ने बताएका हुन् । 

सरकार ढल्यो भनेर समय खेर नफाल्न आग्रह गर्दै उनले भने, ‘विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति काट्दैन ।’ आदि इत्यादि । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौँ ।’ 

बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे पनि जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?