काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको भए कुनै प्रमाण ल्याउन चुनौती दिएका छन् ।
आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो चुनौती दिएका हुन् ।
साथै आफू भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने दाबी समेत गरे ।
‘म दावासाथ भन्छु, फेरि पनि दाबाका साथ भन्छु । दुनियाँको अगाडी उभिएर भन्न चाहन्छु, म भ्रष्टाचार गर्दिन र गर्न दिन्न ।
कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै पनि मात्रामा, कुनै पनि ठाउँमा कुनै पनि सन्दर्भंमा भ्रष्टाचार गरेको कुरा ल्याओस् । असम्बन्धित कुराहरुलाई जोडेर यस्ता कुराहरु त्यति सान्दर्भिक हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै उनले सरकारले काम गर्न नसकेको विषयमा जतिपनि आलोचना गर्न आग्रह गरे । साथै असम्बन्धित विषयहरु ल्याएर संसद्मा बखेडा नझिक्न समेत आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया