संसद् बैठक बहिस्कार गरेर हिँडे रास्वपाका सांसदहरु

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् बैठक बहिस्कार गरेको छ ।

आज बसेको बैठकको सुरुमै रास्वपाका सांसदहरुले अवरोध गरेका थिए ।

सभामुख देवराज घिमिरेले रास्वपा सांसदहरुलाई निरन्तर बस्न आग्रह गरे । तर उनीहरुले अवरोध गरेपछि सभामुख घिमिरेले कार्यसूची अनुसार बैठक अघि बढाउने जनाए । सभामुख घिमिरेले कार्यसूची अनुसार अघि बढेपछि रास्वपाका सांसदहरु उठेर संसद् भवन बाहिर निस्किएका हुन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्दैछन् । आजै शीर्ष नेताहरुले समेत सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?