रास्वपाले अटेर गरेपछि कार्यसूची अनुसार अघि बढे सभामुख

लोकपथ
385
Shares

काठमाडौं । आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अवरोध खडा गरेका छन् ।

बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् । सभामुख देवराज घिमिरेले निरन्तर उनीहरुलाई बस्न आग्रह गरे ।

केहीबेरमा दलीय आधारमा सबै दलका नेताहरुलाई बोल्न दिने भने पनि रास्वपाका सांसदहरुले अटेर गरेका हुन् । तर निरन्तर आग्रह र आदेश दिँदा समेत सांसदहरुले अटेर गरेपछि सभामुख घिमिरेले कारबाही प्रारम्भ गरेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

सभामुख घिमिरेले निरन्तर रास्वपाका मागहरुबारे सुनेको र कार्यसूचीअनुसार पछि बोल्न समय दिने बताएका थिए । तर निरन्तर आग्रह गर्दा पनि सांसदहरुले अटेर गरेपछि सभामुख घिमिरेले कार्यसूची अनुसार अघि बढेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?