संसद्को पहिलो बैठकमै रास्वपाको अवरोध

लोकपथ
98
Shares
फाइल तस्बिर

काठमाडौं । आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध सिर्जना गरेको छ ।

केहीबेरअघि सुरु भएको बैठकमा रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरुलाई बस्न आग्रह गरिरहेका छन् । तर रास्वपाका सांसदहरुले विरोध जनाएपछि सभामुख आफ्नो कार्यसूची अनुसार अघि बढ्न सकेका छैनन् ।

सभामुख घिमिरेले आजको बैठकमा विभिन्न पत्रहरु पढेर सुनाउने र त्यसपछि दलीय आधारमा बोल्न समय उपलब्ध गराउने आग्रह गरे । तर रास्वपाका सांसदहरुले निरन्तर उठेर विरोध जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?