काठमाडौं । नेपालको चर्चित चौधरी ग्रुप (सीजी ग्रुप) अन्तर्गतको सीजी मोटर्स चेरी समूह अन्तर्गतको अग्रणी ब्राण्ड ‘जेटूर’ को नेपालका लागि आधिकारिक बिक्रेता बनेको छ ।
छिमेकी देश चीनमा भएको दुई संस्थाबीचको समझदारी पत्रमा जेटूर इन्टरनेशनलका तर्फबाट उपाध्यक्ष केभिन जू र सीजी मोटर्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन् ।
दुई संस्थाबीचको सहकार्यले नेपालमा सबैभन्दा चलनचल्तीका तीव्र गतिमा वृद्धि हुने र भरपर्दा इलेक्ट्रिक सवारी साधनहरु ल्याउन मद्दत गर्ने सीजी मोटर्सले जनाएको छ ।

सीजी मोटर्स प्रालि र जेटूरबीचको समझदारी अनुसार जेटूर राइट ह्यान्ड ड्राइभ उत्पादनहरु अब सीजी मोटर्सको नेटवर्कमार्फत् नेपालमा बिक्री वितरण हुनेछ ।
उक्त अवसरमा दुवै कम्पनीका तर्फबाट विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । उक्त समारोहमा जेटूर अटोका उपाध्यक्ष के चुआन्देङ र हङकङ मेहुआ इन्टरनेशनल ट्रेड कम्पनी लिमिटेडकी अध्यक्ष हुवामेई झाउको समेत उपस्थिती रहेको थियो ।
चेरी समूह अन्तर्गतको अग्रणी ब्राण्ड रहेको ‘जेटूर’ आफ्नो मजबुत र बलियो एसयूभीहरुको लागि प्रशिद्ध रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया