काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० सयले घटेको छ ।
आज प्रतितोला छापावाल सुनको मोल एक लाख ५९ हजार २०० कायम भएको महासंघका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० मा कारोबार भएको थियो ।
यसैगरी, सोमबार एक हजार ८५० कायम भएको चाँदीको मूल्य आज १५ ले घटेर एक हजार ८३५मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया