काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्नो ७औं साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते गर्ने भएको छ । अधिवेशनको पूर्व सन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघ अध्यक्ष कुमार कार्कीले महाधिवेशनबारे जानकारी दिएका हुन् ।
महासंघकाअनुसार अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन भएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
अध्यक्ष कार्कीले साना तथा मझौला उद्योगी व्यवसायीहरूलाई स्थानीय सरकारको सिफारिस बिना धितो सहुलियत ब्याजदरमा २५ लाखसम्मको ऋण उपलब्ध गराउनुपर्ने धारणा राखे । उनले व्यवसायीले अनुदानमा नभई सहुलियत दरमा ऋणमा पाउनुपर्ने बताए ।
उनले व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनु पर्ने र भन्सारदर समयसापेक्ष परिमार्जन गरिनुपर्नेमा जोड दिए । सहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नेका लागि राज्यले वैज्ञानिक घरभाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन हुनु नहुने, स्थायी लेखा नम्बरमार्फत गरिने कारोबारको सिमा ५० लाखबाट बढाएर दुई करोड बनाउनु पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया