पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छ : सभापति देउवा

लोकपथ
392
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताए । शनिबार काठमाडौंमा पि.एल सिंहको १३औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले पि.एल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति रहेको बताए । स्व.सिंहले काठमाडौंवासीको सेवा महत्वका साथ समर्पित भएर गरेको बताए । उनले जनताकाप्रति उत्तरदायी भएकाले नै स्व.सिंह आँखामा नबिझाउने व्यक्ति रहेको बताए । 

 उनले स्व.सिंहले देखाएको बाटोमा हिँड्नसके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने पार्टीलाई अझ लोकप्रिय बनाउन मद्दत पुग्ने बताए ।

श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका नेता एवं उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरलाई यत्तिको बनाउन स्व. सिंहले खेलेको भुमिका अविष्मरणीय रहेको बताए । उनले स्व. सिंह नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने व्यक्ति रहेको पनि बताए । कन्भिन्सिङ पावर मोडलको रुपमा स्व।सिंहलाई लिन सकिने बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस सांसद एवं स्वास्थ्य तथा जनासंख्यामन्त्री प्रदीप पौडेलले राजनीतिमा प्राप्त उपलब्धिलाई स्व.सिंहले राम्रोसँग नेतृत्व गरेको भन्दै उनको स्मरण गरे । उनले प्राप्त अवसरलाई कसरी सदुपयोग गर्ने र सफलतापूर्वक निर्वाह गर्ने भन्नेकुरा स्व. सिंहको जीवनीबाट सिक्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?