उद्यमी घरले देशैभरीका नेपाली उद्यम र उत्पादनको वृहत् प्रदर्शनी तथा व्यापार मेला–२०८१ आयोजना गर्ने

लोकपथ
231
Shares

काठमाडौं । उद्यमी घरले देशैभरीका नेपाली उद्यम र उत्पादनको वृहत् प्रदर्शनी तथा व्यापार मेला–२०८१ आयोजना गर्ने भएको छ । नेपाली उद्यम र उत्पादनको विकास, विस्तार र प्रवर्द्धनमा थप टेवा पुर्याउने मुख्य उद्देश्यले पुस १३ गते देखी २२ गते सम्म व्यापार मेला आयोजना गर्न लागेको हो ।

आयोजनाको मुख्य उद्देश्य नेपाली कला, संस्कृति र सीपको जगेर्ना गर्दै उद्यमशीलता र रोजगारीको विकास गर्नु रहेको उद्यमी घरका सञ्चालक दीपक कार्की बत्ताउँछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा सातदोबाटो नजिकै चापागाउँदोवाटोमा रहेको उद्यमी घर विभिन्न जिल्लाका घरेलु उत्पादनहरू, स्थानीय कृषि तथा खाद्यान्न, गाँजा, सिस्नो, ढाका, सुती, खादी, सहरका तयारी कपडाहरू, जुत्ता चप्पल, व्याग, गलैँचा राडी पाखी, उलनवाट बनेको सामग्री, मायाको चिनो र उपहारका सामग्री, क्यानभास आर्ट, पेन्टिङ, घरायसी सामग्री सबै नेपाली उद्यम र उत्पादन उपलब्ध रहेको कार्कीले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?