दैलेखको दुल्ल–१३ मा रोचक परिणाम : कांग्रेस एमाले उम्मेदवारसँग ३ मतले पराजित

लोकपथ
0
Shares

काठमाडौं । दैलेखको दुल्लु नगरपालिका–१३ मा नेपाली कांग्रेसका उम्मेदवार नेकपा एमालेका उम्मेदवारसँग ३ मतले पराजित भएका छन् ।

आइतबार राति आएको उपनिर्वाचनको परीणाम अनुसार नेकपा एमालेका उम्मेदवार लालबहादुर शाही ५७४ मत ल्याउँदै निर्वाचित भएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रेशमबहादुर शाही ५७१ मत ल्याउँदै पराजित भएका हुन् । उनीहरुको भोटको अन्तर ३ मत मात्र रहेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार ढकेन्द्र बहादुर शाही २७८ मत र रामबहादुर शाहीले ५३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?