काठमाडौं । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित टीका चौधरी भुललाई आज निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।
निर्वाचन अधिकृत प्रेमराज भट्टले उनलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो । उनलाई आजै जिल्ला अदालतमा आयोजित समारोहमा न्यायाधीश दण्डपाणी लामिछानेले पद तथा गोपनीयताको सपथ गराए ।
जिसस प्रमुखमा उम्मेदवारी दिएकी नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले यसअघि नै उम्मेदवारी फर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । भुल नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाको दलित महिला सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसबाट निर्वाचित जिसस प्रमुख पदमबहादुर कलेलको निधनभएपछि यो पद रिक्त भएको थियो ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुखसमेत रहेका निर्वाचन अधिकृत भट्टले सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया