काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिले प्रतिवेदन लेखन सुरु गरेको छ ।
आजबाट प्रतिवेदन लेखनको काम सुरु भएको रास्वपाका सांसद एवं समितिका सदस्य शिशिर खनालले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार आज प्रतिवेदन कसरी तयार गर्ने भन्ने विषयमा छलफल भएको हो ।
‘आजबाट प्रतिवेदन लेखनको काम सुरु भएको छ । आज पहिलो दिन भएकाले कसरी प्रतिवेदन तयार पार्ने भन्ने विषयमा छलफल र केही काम सुरु गरेका छौँ,’ उनले लोकपथसँग भने ।
त्यस्तै सहकारी गठी प्रकरणसँग जोडिएका व्यक्ति र संस्थासँग बयान लिने काम सम्पन्न भइसकेको उनले बताए । केही व्यक्तिहरु फरार रहेका कारण विदेशबाट झिकाउन सम्भव नभएपछि त्यस बाहेक सबैसँग बयान लिइएको बताए ।
‘केही व्यक्तिहरु विदेशमा लुकेर बसेको अवस्था छ । त्यो बाहेकका व्यक्ति र संस्थाहरुसँग बयान लिने काम सम्पन्न भयो,’ उनले भने ।
सहकारी गठी प्रकरणमा रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद्मा अवरोध गरेपछि ७ सदस्यीय समिति गठन गरिएको थियो । गत जेठ १५ गते गठन गरिएको विशेष समितिलाई ३ महिनाको समय दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया