काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ ।
भूमि समस्या समाधान समितिले सार्वजनिक गरेको सुचनामा देशका विभिन्न जिल्लाका पाँच स्थानीय तहलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्यामुक्त पालिका घोषणा गरिएको उल्लेख छ ।
सुचनाअनुसार समस्यामुक्त घोषणा हुने पालिकामा बागलुङको जैमिनी नगरपालिका, डोल्पाको काइके गाउँपालिका, सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका र महाकुलुङ गाउँपालिका तथा रुकुम पूर्वको भूमे गाउँपालिका रहेका छन् ।
हालसम्म देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित तथा स्ववासी गरी ६ हजार ७३८ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
सरकारले अब देशभर भूमिसम्बन्धी समस्या समाधानको कामलाई थप तीव्रता दिँदै सरल, सहज र छरितो प्रक्रियामार्फत लालपुर्जा वितरण गर्ने अभियानलाई अघि बढाउने जनाएको छ ।
सरकारले नागरिकको वर्षौंदेखिको भूमि समस्या समाधान गरी उनीहरूलाई जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने लक्ष्यसहित यस कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया