ओलीविरुद्ध नाराबाजीको विषय संसद्मा उठ्यो : नेतामाथि खतराको घण्टी

लोकपथ
889
Shares

काठमाडौं । सोमबार गौरा पर्वका अवसरमा टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भएको नाराबाजीबारे संसद्मा कुरा उठेको छ ।

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले उक्त विषयमा सरकार गम्भीर भएर सोच्न आग्रह गरे ।

सांसद सिंहले आगामी दिनमा जनताको आक्रोशलाई बुझ्न नसके भोलिका दिनमा त्यसले ठुलो असर गर्ने बताए । आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद सिंहले नेताहरुले त्यस्ता किसिमका आक्रोशहरुलाई खतराको घण्टीको रुपमा बुझ्न नसकेमा आक्रोशको श्रृंखला बढ्दै जाने बताए ।

‘हिजो टुँडिखेलमा घटना भयो या पाटनको कृष्ण मन्दिरमा घटना भयो । म त्यसबारेमा संसद्को ध्यानाकर्षण गराउन चाहन्छु । त्यो हाम्रो लागि अवैतनिक वेल हो । जसरी हामी घण्टी बजाएर हलमा ज ाउ, संसद्मा बोल या संसद्को प्रक्रियामा भाग लिउ त्यस्तै । हामी नेताहरु सरकारसँग प्रश्न गर्न चाहान्छौँ । तपाईँहरु पहिलेको अनुसार चल्ने कि सुधारिने ? भएन भने म एउटा भयावहस्थिति देखिराखेको छु । राजनीति गर्ने मान्छे त्यो हो जो २–४ वर्षपछि के हुन्छ त्यो अहिले नै थाहा हुनुपर्दछ,’ उनले भने ।

सोमबार सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वको कार्यक्रममा सहभागि हुन पुगेका प्रधानमन्त्री ओलीविरुद्ध केही युवाको समूहले नाराबाजी गरेका थिए ।

याे पनि

टुँडिखेलमा ओलीविरुद्ध नाराबाजी, कड्किँदै देउवाले भने– ‘लाज छैन बदमासहरु’

ओलीविरुद्धको नारा : देउवाको प्रतिकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?