काठमाडौंको शंखमुलमा पुल हाउस सञ्चालकको हत्या

लोकपथ
637
Shares

काठमाडौं । काठमाडौंको शंखमुलमा आइतबार राति खाजाघर एवं पुल हाउस सञ्चालकको हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, ४० वर्षीय रुपक बान्तवाको हत्या भएको हो ।

खाजा घरको कोठामा रहेको सोफामा राति पौने २ बजे घाइते अवस्थामा फेला परेका उनको उपचारको क्रममा राति साढे २ बजे सिभिल अस्पतालमा मृत्यु भएको हो ।

बान्तवाले काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए ।

उनको हत्याको कारण खुलिसकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?