राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विवाद चर्किँदै, आन्दोलनको तयारीमा स्थानीय

राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हटाउन दबाब

लोकपथ
49
Shares

काठमाडौं । ६० वर्ष उमेर हद नाघिसक्दापनि मानव अंग प्रत्यारोपण विकास समिति(गठन)आदेश संशोधन गरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको कार्यकारी निर्देशक नियुक्तिको विषय पेचिलो बन्दै गएको छ ।

कार्यकारी निर्देशकको ६० वर्ष उमेर हदलाई दोस्रो संशोधनमार्फत संशोधन गर्दै चार वर्षका लागि नियुक्ति हुँदा उमेर हद नलाग्ने व्यवस्था गरिएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुको वृत्ति विकासमा असर परेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । 

विशेष गरी अस्पतालका विशेषज्ञ डाक्टरहरुको मनोबल गिरेको, बेथिति भित्रिएको र उपकरणहरू थन्क्याएर बिरामीको उपचार प्रभावित भएको भन्दै स्थानीयले आन्दोलन समेत गर्दै आइरहेका छन् । तीन वर्षयता अस्पतालले प्रदान गर्ने सेवामा समेत असर परेको स्थानीय राजेन्द्र पुरीले बताए ।

‘आफ्ना पकेटका व्यक्तिलाई कार्यकारी निर्देशक बनाउन र भएका विशेषज्ञ डाक्टरहरुको मनोबल गिराउने गरी भएको निर्णय सरासर गलत छ । जसका कारण अस्पतालको सेवा प्रभावित भएको मात्र नभई एकाधिकारपूर्ण रूपले स्थायी डाक्टरहरुलाई सेवाबाट निकाल्ने जुन प्रयास भयो त्यहीँबाट व्यथित सुरु भयो । जसको मार स्थानीय र बिरामीले खेपिरहनुपरेको छ । विशेषज्ञ डाक्टर हटाउने अनि उपकरण थन्क्याएर ठाउँको अभाव भनेर गैर जिम्मेवार बन्न मिल्छ ?’,उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?