एस जयशंकरसँग परराष्ट्रमन्त्री राणाको भेट, के भयो कुराकानी ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने

लोकपथ
119
Shares

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटघाट गरेकी छिन् ।

भेटघाटका क्रममा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाले जानकारी दिइन् । त्यस्तै उक्त भेटबाट सदियौँदेखिको नेपाल भारतबीचको सम्बन्ध थप बलियो बन्ने अपेक्षा रहेको बताएकी छिन् ।

‘भारतीय विदेशमन्त्री श्री एस. जयशङ्करसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु,’ राणाले भनेकी छिन् ।

परराष्ट्रमन्त्री राणा आइतबार भारत प्रस्थान गरेकी थिइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनको मन्त्री भएपछिको पहिलो भारत भ्रमण हो । उनी आगामी भदौ ६ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?