नेपालमा साउन २५ गते विश्व आदिवासी दिवस मनाइने

लोकपथ
133
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले साउन २५ गते ३०औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । 

सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महासंघ महासचिव दिवस राईले, ‘स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण’ भन्ने संयुक्त राष्ट्रसंघको मूल नारा सहित ३०औँ विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिए । 

उनका अनुसार भृकुटिमण्डपदेखि सुरु हुने उक्त कार्यक्रममा आदिवासी जनजातिहरुका मातृभाषा र लोक भाकामा बनेका गीतहरु, सांस्कृतिक झाँकीहरु, स्थानीय र रैथाने प्रकृक्तिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, जातीय भेषभुषासहित प्रज्ञाभवन कमलादीसम्म परिक्रमा गरिनेछ ।  

उनले भने, ‘शुकबारको दिन नेपालका आदिवासी जनजातिहरुका मातृभाषा र लोक भाकामा बनेका गीतहरु, सांस्कृतिक झाँकीहरु, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातिय भेषभुषासहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनीमार्गदेखि प्रज्ञाभवन कमलादीसम्म परिक्रमा गरी आदिवासी जनजातिहरुको भव्य प्रस्तुतिलाई प्रतिविम्वित गरीनेछ । साँस्कृतिक झाँकीसहितको र -याली ११ बजे भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?