काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न बनेको संसदीय समितिले सहकारीको रकम अपचलन गरि फरार रहेका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
आज बसेको बैठकमा सहकारी रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको हो ।
सहकारी रकम अपचलन गरि फरार रहेका सूर्यदर्शनका ज्ञानबहादूर बम्जन, थानबहादुर राई, भुपेन्द्र राई, तस्बिरन खातुन र अश्रफ अली, त्यस्तै सुमेरु सहकारीका रकम अपचलनमा संलग्न भरत महर्जन, उनको श्रीमती माजमाया छोरा सचिन र छोरी सरला रहेकी छन् ।
त्यसैगरी शिवशिखरका तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल, शिवशिखर सहकारीका लीलानाथ गौतम, कान्तिपुर सेभिङका प्रेमध्वज लामा र मेघाड्रिमका महाशंकर रेग्मीलाई पनि स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया