इलाम – इलाम नगरपालिका उपप्रमुख सुशीला नेम्वाङले आफू अन्यायमा परेको बताएकी छन् । सात महिनादेखि नगर कार्यपालिका बैठकमा अनुपस्थित उनले शुक्रबार आफ्ना गुनासा राख्न पक्रकार सम्मेलन नै गरिन् । न्याय दिने जिम्मेवार व्यत्ति भए पनि आफैं अन्यायमा परेको उनको भनाइ छ ।
नगर कार्यपालिकाको बैठक बहिष्कार गरी ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको र यस्तै अवस्था रहिरहे मेयर महेश बस्नेतको कार्यकक्षमा तालाबन्दी गर्ने उनको चेतावनी छ । ‘यही विषयलाई पार्टीमा पनि उठाएँ तर सुनुवाइ भएन,’ उनले भनिन्, ‘अब आफ्नै अधिकारका लागि आन्दोलनमा होमिएकी छु ।’ स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समिति उपप्रमुखको संयोजकत्वमा गठन हुने व्यवस्था छ । तर नगर प्रमुख बस्नेतले त्यो अधिकार खोसेको उनको भनाइ छ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया