क्रसर संघका नाममा अवैध असुली

काठमाडौं । ललितपुरमा नक्कली क्रसर संघ खडा गरी मालबाहक सवारी साधनसंग रकम असुल गरेको रहस्य सार्वजनिक भएको छ ।

दक्षिण ललितपुर क्रसर व्यवसायी संघ नामको नक्कली संघ खडा गरी व्यवसायीहरुले अबैध गतिबिधि संचालन गरेको पीडित ब्यवसायीहरुले बताएका छन ।

जिल्लाको गोदावरी नगरपालिका–६, नल्लुखोलाबाट चक्रपथ भित्र प्रवेश गर्ने मालबाहक सवारी साधनलाई विभिन्न बहानामा अवैध रुपमा रकम लिएको पीडितहरु बताउ छन ।

संघले बाटो मर्मत तथा जग्गा मुआब्जाका लागि भन्दै खुलेआम रुपमा रकम उठाइएको ट्रिपर चालक बिकास घलानले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । टिका भैरब, टाहाखेल, भैँसेपाटी र नख्खु गरी चार स्थानबाट अबैध रुपमा रकम उठाउने कामलाई तीव्रता दिएको सवारी चालकहरु बताउँछन् ।
गोदावरी नगरपालिकाले ठेक्का लगाई कर उठाउने ती चार स्थानबाट संघको बिल चालकलाई थमाई रकम असुल गर्ने गरेको सवारी चालकहरुले बताएका छन ।

विभिन्न बहानामा टोलै पिछे स्थापना भएका संघ संस्थाले रकम उठाउदा सवारी चालक आजित भएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?