काठमाडौं –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’अर्थात् (मितज्यू अब कता जाने) हेरेका छन्।
अनामनगरस्थित मण्डला नाटकघर पुगेका मन्त्री पण्डितले नाटक हेरेर ‘मिता आब कोना चलब’ नाटकले नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गर्ने बताएका छन्।
पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने कोसिस गरे पनि जागरणका माध्यमबाट सचेतता प्रदान गर्नु पर्ने मन्त्री पण्डितले बताए।
‘एउटा समय थियो, हाम्रो समाजका केही विषालुहरुले विष घोलेका थिए,’ मन्त्री पण्डितले भने, ‘अब त्यो विष विस्तारै समाप्त हुँदैन, तर त्यसका छिटाहरु अहिले पनि कहिकतै देखिन्छ, अन्तिम सत्य के हो भने सामाजिक सद्भाव तथा राजनीतिक सद्भावको पनि खाँचो छ।’
युवा कलाकार रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटक मण्डला नाटकघरमा वैशाख २० गतेदेखि मञ्चन भइरहेको छ। जेठ ५ गतेसम्म मञ्चन हुने नाटकको प्रस्तुतिविराटमैथिल नाट्य कला परिषदको रहेको छ।
नाटकमा निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया