‘को बन्छ करोडपति’मा पहिलो पटक एक करोड जित्ने जैनको हुन् ?

काठमाडौं । मोरङका राजिव जैनले नेपालमा Who Wants To be a Millionair को नेपाली भर्सन शुरु होला र आफू सहभागी हुन पाइएला भनेर कहिल्यै कल्पना पनि गरेका थिएनन् । 

१८ वर्षअघि नै भारतमा शुरु भएको इण्डियन भर्सनको कौन बनेगा करोडपतिमा सहभागी हुन जैनले आफ्नो नाम दर्ता मात्रै गराएनन् । प्रारम्भिक तहको सहभागीता परीक्षा समेत दिए । 

उनले आफू अमिताभ बच्चनले सञ्चालन गरिरहेको कौन बनेगा करोडपतिमा सहभागी हुन खुब तयारी गरे । तर, भारतमा सञ्चालन भएको कार्यक्रममा नेपाली नागरीक भएकै कारणले सहभागी हुन पाएनन् । तयारीको १८ वर्षपछि भगवानले तं आँट म पुर्याउँछु भन्छन् भनेझै भयो उनको जीवनमा उनको केविसिमा सहभागी हुने हुटहुटीलाई सार्थक तुल्याउँन नै आए झै भयो नेपाली भर्सनको “को बन्छ करोडपती”  नेपाली केविसिमा सहभागी हुने पहिलो खुट्कीलोको लागि उनले एसएमएस गर्न छोडेनन् । उनले गरेका एसएमएसको प्रतिक्रिया स्वरुप उनी फास्टेस्ट फिंगर फस्टको लागि छानिन सफल भए ।

भिडियोः फास्टेस्ट फिंगर फस्टको

माडवारी परिवारमा जन्मिएका जैनलाई व्यापारमा भन्दा पनि ज्ञानको विषयमा बढी भोक थियो । उनको त्यहि ज्ञानको भोकले उनलाई केविसि नेपालको एक करोडको यात्रामा सफलता हासिल भएको छ । नेपाली केविसिले पनि जैन जस्ता क्षमतावान व्यक्तिका रुपमा आफ्नो पहिलो करोडपति प्राप्त गरेको छ । 

भिडियो : बधाइ पाएको 

को बन्छ करोडपतिको पहिलो सिजनमा ४० औँ इपिसोडसम्म पुग्दा ६ लाख ४० हजार भन्दा धेरै कसैले रकम जित्न नसक्दा प्रश्नहरु नै केविसिमा सोधीने भन्दा अप्ठेरो भएको भनि गुनासो नसुनिएको होइन् । तर, जैनले आफ्नो भागमा परेका सबै प्रश्नहरुको उत्तर खुबै चातुर्यतापूर्ण तथा पूर्ण ज्ञानका साथ दिएपछि कतै न कतै ज्ञानको भण्डार नै हो हामीलाई अगाडि लैजाने भन्ने कुरा घाम झैँ छर्लंग भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?