बालुवाटार जग्गा घोटाला प्रकरणमा खुलाए विष्णु पौडेलले यस्तो तथ्य, श्रीमतीको नामको जग्गा बेचेर बालुवाटारमा खरिद !


लोकपथ
प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार १३:३३

काठमाडौं– नेकपा महासचिव विष्णु पौडेलले  आफू र छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारको जग्गाबारे भ्रम सिर्जना गर्न खोजिएको दाबी गरेका छन् ।

 कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा  वास्तबिकता ओझेल पर्नेगरी  समाचारहरू प्रकाशित भएको उनले दाबी गरेका छन् ।
‘सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु ’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो निम्ति यस्तो अपराधजन्य गतिविधि सोच्नसमेत नसकिने बिषय हो ।’

उनले २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानुनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजश्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको समेत जनाएका छन् ।
सो जग्गा आफूले २०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नं. ३) मा पूर्व–पश्चिम राजमार्ग नजिकै श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बिक्री गरी प्राप्त श्रोतबाट खरिद गरिएको पनि बताएका छन् ।
त्यतिबेला आफू मन्त्री, साँसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् ।

आफूले  सो जग्गाबारे २०६४ सालमा रुपन्देही जिल्लाबाट संविधानसभा सदस्यमा निर्वाचित भएपश्चात् बार्षिक रुपमा सम्पत्ति विवरणमा उल्लेख गरिरहेको पनि उनले स्मरण गराएका छन् ।

उनले यस सम्बन्धमा राज्यको औपचारिक र आधिकारिक निकायबाट यथाशीघ्र छानविन माग गर्दै उनले निष्कर्षहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘राज्यको आधिकारिक निकायबाट हुने छानविनका निष्कर्षहरू प्रति मेरो दृढ समर्थन रहनेछ । म माथि लगाइएका आरोपहरू पुष्टि गर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु ।’
यसअघि पनि पौडेलले एक विज्ञप्तिमार्फत जग्गा घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए । तर यो विषयले थप उग्ररुप लिइरहँदा पौडेलले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आजाव समेत उठ्न थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
मुलुकले नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न सकेन: प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुकबाट राजा फालिए पनि राजतन्त्रात्मक

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गर्नुभएको छ ।

राष्ट्रिय सभामा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको

कन्टेनर डिब्बा जलेर नष्ट

काठमाडौं । चालू लाइनको तार एकआपसमा जुध्दा विद्युत् प्रवाह भएका कारण सीमावर्ती क्षेत्र