भरतपुरमा रोकी राखेको ट्रकमा कार ठोक्किदा ६ जना घाइते, दुई गम्भीर

चितवन । भरतपुरमा रोकी राखेको ट्रकमा कार ठक्किदा ६ जना घाइते भएका छन् । 

भरतपुर महानगरपालिका ४ लंकुमा सोमवार राति ११ः४५ बजे रोकी राखेको ना५ख७०८० नम्बरको ट्रकमा भरतपुरबाट लक्ष्मपिुरतर्फ जाँदै गरेको वा१९च३९०४ नम्बरको कार ठोक्किदा कारमा सवार ६ जना घाइते भएका हुन् । 

घाइते ६ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने घाइते ६ मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

ट्रक र कार दुवै प्रहरी नियन्त्रणमा रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?