उदयपुरमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन गम्भीर

काठमाडौं । उदयपुरमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

उदयपुरगढी गाउँपालिका १ विष्णुचौरमा सोमवार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा उदयपुरगढी गाँउपालिका १ मुर्मेकी ४५ वर्षे केसीमाया परियार छन् ।

त्यस्तै घाइते तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

कटारीबजारबाट मुरमे गईरहेको स १ ज ५०६ नम्वरको बोलेरो जीप सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

उकालोमा लोड तान्न नसकेर बोलेरो जीप दुर्घटना भएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?