मनाङमा हिमपहिरोमा नेपाली ट्रेकिङ गाइड मृत्यु, विदेशी नागरिक बेपत्ता

काठमाडौं । मनाङको क्याङ्दीमा हिमपहिरोमा परि ट्रेकिङ गाइड मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । 

हिमपहिरोमा परि मृत्यु हुने धादिङका अजय ढकाल छन् । उनी ट्रेकिङ गाइड हुन् । त्यस्तै नेदरल्याण्डका नारिक भिसेन्ट ब्लुम बेपत्ता भएका छन् । 

उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्राका लागि निस्किएका थिए । 

जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकका अनुसार माङनको निस्याङ गाउँपालिका १ मा पर्ने क्याङ्दी भिरमा उनीहरु खसेका थिए । ढकालको शव शुक्रवार फेला परेको थियो भने नेदरल्याण्डका नागरिक भिनसेन्ट फेला पर्न सकेको छैन । 

मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु हिमपहिरोमा परेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?