काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालय नजिकै सकेट बम फेला परेको छ ।
जुगारामा रहेको कार्यालयको दक्षिणी पर्खालदेखि २० मिटर पर कालो पोलिथिनमा दुईवटा सकेट बम फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज लेखनाथ चापागाईका अनुसार बम रहेको स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ र बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय भइरहेको जनाए ।
बिहीवार बिहान बम रहेको जानकारी आएको गाउँपालिकाकी उपाध्यक्ष सावित्रा बुढाले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया